बुवाको निधन, आमा सूस्त मनस्थिती : तिन सन्तान समस्यामा

  • १० भाद्र २०७५, आईतवार
  • 2263 पटक पढिएको


म्याग्दी,१० भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँले जीवन निर्वाहका लागि परिश्रम गरेर खेती–किसान गरौँ जग्गा जमिन भएन् । मजदुरी गरौँ, अवसर पाउँदैन । छरछिमेकको सहयोगमा बनाएको सानो झुप्रो पानी पर्दा चुहिन्छ, हावाहुरीले छानो उडाइदिन्छ । पत्नीमा एक प्रकारको मानसिक समस्या छ । अन्ततः २०७३ कात्तिकमा उनको निधन भयो । चरम गरिबीका कारण तुलबहादुरको निधन हुदाँ उनका तीन नाबालक सन्तान अहिले बिचल्लीमा परेका छन् ।


सुकुमबासी बानियाँ परिवारको सार्वजनिक जग्गामा बासबारेको बनाएको अस्थायी बासमा उनको श्रीमती सीता बानियाँसंगै ८ बर्षीया इश्वरी, ६ बर्षीया सरस्वती र ४ बर्षीय गणेश बानियाँ रहेका छन् । सीता राम्रोसँग बोल्न र प्रष्ट कान सुन्न सक्दिनन् । इश्वरी जामुनाखर्क मावि अर्थुङ्गेको कक्षा २, सरस्वति १ र गणेश भने भर्खर विद्यालय जान थालेका छन् । उनीहरुलाई गास, बासदेखि विद्यालय पोशाकको समेत अभाव छ । स्थानीय सीता सुवेदीले छरछिमेकले सहयोग गरे मात्र उनीहरु खान सक्ने अवस्था रहदै आएको बताईन ।


‘हामीले दिएपछि यी बालबच्चाले खान पाउंछन् नत्र भोकै सुत्छन’, घरमुली हुनेबेलामा यताउता गरेर जिविका चलेको भएपनि तुलबहादुरले आत्महत्या गरेपछि बच्चाहरुको बिचल्ली भएको छ छरछिमेक बताउछन् । तुल बहादुरको दाहसँस्कार र काजक्रिया समेत स्थानीयले चन्दा संकलन गरेर गरिएको थियो । स्थानीय युवा यादब सुवेदीले साविक अर्थुङ्गे गाविस हुँदा उनीहरुको आर्थिक अवस्थाका कारण सर्वपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक जग्गामा टहरा निर्माण गरिएको जानकारी दिए ।


‘पहिला देखि नै उनको केहि थिएन, पछि तुलबहादुर दाइको मृत्यु भएपछि झन समस्यामा छन’, उनले भने, ‘बच्चाहरुलाई दैनिक खानपिन र सुत्ने ओछ्यानको समेत अभाव छ ।’ जिल्ला सदरमुकाम बेनीदेखि आधा घण्टाको पैदलदुरीमा रहेको बानियाँ परिवारको आर्थिक अवस्थाबारे वडा कार्यालय देखि चौतर्फी सहयोगको अपिल गरिएपनि अहिलेसम्म कुनै सहयोग आएको छ । कक्षा २ मा अध्ययनरत ईश्वरीले आमाले पकाएर खान नदिएपछि छरछिमेकमा जाने गरेको बताइन् । ‘पढेर ठुलो मान्छे रहर छ तर घरमा भनेको बेलामा खान पाइदैन, पानी प¥यो भने सुत्ने ठाउँ पुरै चिसो हुन्छ’, उनले भनिन, ‘कापी कलम पनि नयाँ हुदैन ।’

यो घरपरिवारको समस्या बषौँ पुरानो भएपनी आज सम्म कसैले सहयोगको गरेका थिएन् । म्याग्दीका एक युवा समाजसेवी तेजेन्द्र बानियाँले यो परिवारको बारेमा थाहाँ पाएपछी उनी घरमा पुगे । घरको यथार्थ बुझेर तिन जना बालबालीकालाई कसरी हुर्काउने कसरी पालनपोषण गर्ने र कसरी निशुल्क शिक्षा प्रदान गर्ने वातावरण निर्माणका लागि आर्थिक सहयोग अभियान बानियाँले थालेका छन् । उनले स्थानीय संग छलफल गरि बालबालीकाको पढाईमा आर्थीक सहयोग संकलन गर्न अभियान सञ्चालन गर्ने बताएका छन् ।
उनीहरुको तत्कालको समस्यालाई टार्न राहत स्वरुप उनले नगद रु ५ हजार र स्टेशनरी, बच्चाहरुलाई दाँत माच्ने ब्रस र कोलकेट समेत घरमा पुगेर हस्तातरण गरिएको छ। भने परिवारको ब्यवस्थापनका लागि आर्थीक संकलन अभियान समेत सुरु गरिएको छ।