स्मयवसेवीकालाई पुर्नताजकी तालीम

  • ९ भाद्र २०७५, शनिबार
  • 2096 पटक पढिएको

 

बेनी ९ भदौ । धवलागिरी गाउँपालिका २ लुलाङमा शुक्रबार महिला स्वास्थ्य स्वयम सेवीकाहरुका लागि सञ्चालीत पुर्नताजकी तालीम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र कदम म्याग्दीको आयोजनामा ५ दिनसम्म सञ्चालन भएको तालीममा गुर्जा र लुलाङका १७ जना स्वयमसेवीकाहरुको सहभागीता रहेको थियो ।

आधारभुत तालीममा प्राप्त ज्ञान सिपको आधारमा सेवा दिदै आएका स्वमसेवीकाहरुलाई थप नयाँ विषयमा अतिरीत्त ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले आयोजित तालीमको लुलाङ स्वास्थ्य चौकीका ईञ्चार्ज बिरेन्द्र बुढामगर, अनमीनित पाईजा र कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारले सहजिकरण गर्नुभएको थियो ।

वडा सदस्य लिलसरा बिकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा सदस्यहरु मतीप्रसाद पाईजा र सुवादेवी पाईजाले तालीममा सिकेका विषयलाई समुदायको ब्यवहार परिवर्तनमा प्रयोग गर्न आग्रह गरे ।