कटान र पहिरो पीडितका लागि राहत सामाग्री

  • १० भाद्र २०७५, आईतवार
  • 1445 पटक पढिएको

 


पोखरेबगर, १० भदौ । जिल्ला विपद् ब्यवस्थापन समितिले अन्नपूर्ण गाउँपालिकाका कटान र पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराएको छ ।कोप्चेपानी, गुईठे, काभ्रे, फगामीका पहिरो पिडित र कालीगण्डकीले कटान गरेर भवन बगाएको धवलागिरी आधारभुत विद्यालयका लागि सामाग्री उपलब्ध गराएको हो । तारपोनीयम त्रिपाल १२ थान, म्याटे«ेस, चार सय मिटर पलास्टिक सिट उपलब्ध गराइएको थियो ।

यसैगरी बेनी जोमसोम कोरला सडक आयोजनाले गुईठे र काभ्रेका पहिरो पिडितलाई अस्थाई बसोबासका लागि १२ बण्डल जस्तापाता सहयोग गरेको छ । प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगर र आयोजनाका प्रतिनिधीले गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका मार्फत पिडितलाई राहत सामाग्री वितरण गरिने जनाइएको छ । प्रजिअ अधिकारी र प्रनाउ बुढाको टोलीले पहिरो र कालीगण्डकीको कटानका कारण पुगेको क्षत्तीको निरिक्षण तथा सडकको अवस्थाको अवलोकन गरेका थिए ।