सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन

  • ११ मंसिर २०७६, बुधबार
  • 5511 पटक पढिएको

म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।


गम्भिर घाईते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएका थिए ।
घाईतेमध्येका मनी पुर्जाको अबस्था सामान्य रहेकाले बेनी अस्पतालमै उपचार गरिएको थियो ।