म्याग्दी समाचार

वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता

सन्तोष गौतम बेनी ११ चैत । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक... पुरा पढ्नुहोस

नदीजन्य उत्खनन र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वयन गराउन नगरपालिकाको चासाे

बेनी, ११ चैत । बेनी नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन कार्य र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वन गराउन ताकेता गरेको छ । म्याग्दी नदीबाट ढुंगा बालुवा उत्खनन गर्दा मापदण्ड मिचेर अस्वभाविक तवरले नदी दोहन हुनेक्रम बढेपछि नगरपालिकाले नियमनको लागि स्थलगत अनुगमन गरेको छ । नगरपालिकाले गठन गरेको क्रसर उद्योग अनुगमन समितिका संयोजक... पुरा पढ्नुहोस

सेवा सहित व्यवसाय, अन्तराष्ट्रिय स्तरको हवाइ टिकट बुकिङ बेनीबाटै

म्याग्दी, ११ चैत । के तपाईलाई आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टिकट बुकिङको लागि काठमाण्डौ र पोखरा जानुपर्ने बाध्यता हटेको छ । यहाँका एक युवाले आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाइ टिकट बुकिङ लगायत सेवा सहितको व्यवसाय सञ्चालन गरेका हुन् । रघुगंगा गाउँपालिका– ३ पिप्ले घर... पुरा पढ्नुहोस

म्याग्दीमा १० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

म्याग्दी, ११ चैत । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल... पुरा पढ्नुहोस

बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण

  पोखरेवगर १० चैत । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका... पुरा पढ्नुहोस

वडा अध्यक्षसहित तीन जना जनप्रतिनिधि एसइईमा सहभागि

धिरन खत्री म्याग्दी, १० चैत । आईतवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा एक वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधिले समेत सहभागिता जनाउनुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसइइमा सहभागि हुनुभएको हो । बेनीको... पुरा पढ्नुहोस

धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक

पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस

सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु

म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ... पुरा पढ्नुहोस

झिँ र शिखमा हेलीप्याड निर्माण

बेनी १० चैत । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख... पुरा पढ्नुहोस

संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

बेनी १० चैत । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र... पुरा पढ्नुहोस