बरंजालाई चिनाउने ‘चिनारी गीत’को छायांकन (तस्बिर सहित)

  • १७ पुष २०७६, बिहीबार
  • 4775 पटक पढिएको

म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ नम्बर वडामा पर्ने बरंजा गाउँको चिनारी गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । बरंजा क्षेत्रमा रहेका पर्यटकीय, धार्मिक स्थल तथा कला संस्कृतिलाई समेटेर तयार गरिएको सो गीतको म्युजिक भिडियो छायांकनको कार्य सकिएको छ ।


बरंजा कुरपँधेराका कलाकार कलाधर कँडेलको रचनामा तयार गरिएको गीतमा झलक पुन र मेलिना राईको स्वर रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । सो गीतको म्युजिक भिडियोमा हिरालाल रोका र लक्ष्मी बुढाथोकी रोका लगायतका कलाकारहरले अभियन र नृत्य गरेका छन् । म्युजिक भिडियोलाई बरंजाको पर्यटकीय स्थल झाक्रिपानी, दुर्दी ताल, दह ताल, अर्जेखोला, गाम्फा धुरी, शिवालय मन्दिर, चिनाकोटधुरी, मालिका धुरी( बाहुनकोट) लगायतका स्थानहरुमा छायांकन गरिएको छ ।

कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने गरि म्युजिक भिडियो निर्माण गरिएको म्युजिक भिडियो निर्माण अभियानका अभियन्ता कलाधर कँडेलले बताए । सन्तोष पिठाकोटे मगरले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन पुष्कर विवेक थापाले गरेका छन् ।