राष्ट्रिय युवा संघ म्याग्दीले पायो पुर्णता

  • १७ पुष २०७६, बिहीबार
  • 2541 पटक पढिएको

म्याग्दी,१७ पुस । राष्ट्रिय युवा संघ नेपाल म्याग्दी शाखाले जिल्ला समिति र स्थानीय तहहरुमा एकताकाे पूर्णता दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठनले बुधबार बेनीमा वसेको बैठकले एकतालाई पूर्णता दिएको हो ।तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको एकतापछि सुरु गरेका भातृ संगठन अन्तरगत राष्ट्रिय युवा संघ म्याग्दीले पूर्णता दिएको हो । संघले ६१ सदस्य जिल्ला समिति चयन गरेको छ । भने नगरपालिकासहित पाचँ गाउँपालिकामा संयोजक र सह–संयोजक टुंग्याएको सह–संयोजक सन्दिप खत्रीले जानकारी दिएका छन् ।


बेनी नगर कमिटिको संयोजकमा लक्ष्मण कटुवाल, सहसंयोजकमा नारायण पौडेल, धवलागिरीको संयोजकमा सबिन रोका, सहसंयोजकमा ओमबहादुर भण्डारी, रघुगंगाको संयोजकमा अर्जुन भण्डारी, सहसंयोजकमा दिपक पुन र अन्नपूर्णको संयोजकमा प्रदिप तिलिजा र सहसंयोजकमा विमल पुन, मंगला गाउपालिकाको संयोजकमा अर्जुन शाही र सहसंयोजकमा रुकबहादुर पुन, मालिकाको संयोजकमा अनुप गौचन र सहसंयोजकमा तेजेन्द्र पुन चयन भएका छन् ।


६ वटा स्थानीय तहहको टुङ्गोसंगै जिल्ला इन्चार्ज र सह–इन्चार्ज पहिलो पूर्ण बैठक पश्चात टुङ्गो लगाईने संयोजक प्रविन शाहीले बताए । जिल्ला समितिको शपथ ग्रहण तथा पहिलो पूर्ण बोलाउने तयारीमा लागेको जानकारी दिए । राष्ट्रिय युवा संघ केन्द्र र पार्टीको निर्दशन अनुसार अगाडी बढ्ने र पार्टी एकीकरणको भाव सबै युवाहरुमा पु¥याउने किसिमका कार्यक्रम सञ्चालन गरिने सह–संयोजक खत्रीले बताए ।