पिप्लेका घाइते रिजालको उपचारमा २९ हजार सहयोग

  • १७ कार्तिक २०७७, सोमबार
  • 1171 पटक पढिएको

म्याग्दी १७ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा रु २९ हजार सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा बेनी नगरपालिका–६ का विभिन्न ८ जना र बेनपा– ५ का एक जना गरि ९ जना महानुभावहरुले सो सहयोग गर्नुभएको हो ।

रुखबाट लडी गम्भीर घाइते भई पोखरा उपचाररत रिजालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले ९ जना व्यक्तिहरुले सो सहयोग गरेको सहयोगदाता देवीप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापती तारानाथ शर्मा मार्फत परिवारलाई उपलब्ध गराईएको छ । शरीरका विभिन्न भाग र मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएपछि उपचाररत रिजालको सहयोगार्थ आर्थिक संकलन अभियान चलाईएको थियो ।

रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखा र सिवाईजी क्लबको अगुवाईमा सञ्चालन भएको सहयोग संकलन अभियान अन्र्तगत हालसम्म करिब ५ लाख बढी सहयोग संकलन भैसकेको जनाईएको छ । अभियान अन्र्तगत सहयोग गर्ने दाताहरुलाई घरपरिवार र अभियानको नेतृत्वकर्ता रेडक्रस उपशाखाले आभार प्रकट गरेका छन् ।

सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारीक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाले जनाएको छ । रिजालको उपचारमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।
सहयोगदाताको नामावली :

१. श्री दण्डपाणि उपाध्याय, बेनी–६, बाँसबोट रु.५०००।–
२. श्री छविलाल पौडेल, बेनी—६, बाँसबोट(भराले) रु.५०००।–
३. श्री घनप्रसाद पौडेल, बेनी–६, चिसापानी रु.२०००।–
४. श्री सोमनाथ ढुङ्गाना, बेनी–६, अर्थुङ्गे रु.३०००।–
५. श्री रमेश पौडेल, बेनी–६, बाँसबोट (हाल मङ्गला गापा, रनवाङ) रु.२५००।–
५. श्री देवीप्रसाद शर्मा (शिव), बेनी–६, बाँसबोट रु.३०००।–
६. श्री नारायण पौडेल, बेनी–६, गुफा रु.२५००।–
७. श्री पुरुपोत्तम पौडेल, बेनी–६, बाँसबोट रु.२५००।–
८. श्री रामचन्द्र पौडेल, बेनी–६, बाँसबोट(भराले) रु.२५००।–
९. श्री जमुना आचार्य, बेनी–५, अवेचौर रु.१०००।–
जम्मा ः                                               रु. २९०००।–

 

सम्पर्क : तारानाथ शर्मा ९८४७७४५९८४