नेटवर्क ब्यवसायमा ठगी गर्ने तीन जना प्रकाउ

  • १८ कार्तिक २०७७, मंगलवार
  • 1783 पटक पढिएको

म्याग्दी, १८ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी लगायतको ठाउँमा नेटवर्कमा आधारित ब्यवसाय संचालन गरेर ठगी गर्ने तीन जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरुकाे प्रलोभनमा पारेर  अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो ।


पिरामिड शैलीको सञ्जाल बनाई ठगी व्यवसाय संचालन गर्ने पोखरास्थ्ति मालेपाटनमा गण्डकी हर्वल स्टोर्सका सञ्चालक पर्वतस्थित जलजला गाँउपालिका–७ मिलनचोकका होमनाथ जैसी, सोही स्थानका २४ बर्षर्का सरोज शर्मा र काठमाण्डौ महानगरपालिका– ४ टोखा बस्ने प्रदिप रिजाललाई प्रकाउ गरेको हो ।

भारतिय कम्पनीबाट उत्पादन भएका फुड बस्तुहरु व्यक्तिहरूलाई विभिन्न रोगहरु निको हुने, छोटो समयमै राम्रो कमिशन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाउने ब्यक्तिलाई प्रकाउ गरेको सुचना अधिकारी डाक्टर प्रसाद चाधरीले जानकारी दिए ।

म्याग्दी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्वत माफर्त अनुसन्धानका लागि बस्तुको प्रत्यक्ष विक्रि ऐन २०७४ बमोजिम पिरामिडमा आधारित ब्यवसाय संचालन गरेका उनीहरुलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाण्डौ पठाईएको छ।

उनीहरुलाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को परिच्छेद २ को दफा ११ बमोजिम नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था रहेर ठगी मुद्धा अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

आर्थिक प्रलोभनमा परेर विभिन्न संजालबाट आएका ब्यक्तिहरुको सामानहरु किन्ने र विक्रि वितरण नगर्न र अरुलाईपनि सचेत गराउन प्रहरी कार्यालयको जिल्लाबासीलाई आग्रह छ ।