म्याग्दी समाचार

एनआरएनए नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्वाचित

म्याग्दी १७ साउन । गैरआबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्बाचित भएका छन । शनिबार भएको निर्वाचनमा २४२ मत लयएर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर हुनुभएका पुजा यस अघि एनआरएनए नेदरल्यान्डमा बरिष्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । पुर्जा... पुरा पढ्नुहोस

बुद्ध विहार परिसरमा बृक्षारोपण

म्याग्दी १६ साउन । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर्नुभएको थियो... पुरा पढ्नुहोस

बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सल्लाको बोटले धेरैको ज्यान बचायो

म्याग्दी १५ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका... पुरा पढ्नुहोस

खिर खाएर साउन १५ मनाइँदै

  म्याग्दी १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहनमा प्रयोग भएका मेसिनलाई जरिबाना,बालुवा जफत गरिने (भिडियो सहित)

म्याग्दी १४ साउन । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालीगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय... पुरा पढ्नुहोस

पर्यटन विकासको सम्भावनायुक्त नारच्याङ (फोटो कथा)

म्याग्दी १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ । विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर रहेको नारच्याङ पर्यटन विकासको हिसाबले सम्भावनायुक्त छ । यहाँ रहेका ताल तलैया, झरना र हिमाल पर्यटन विकासका सम्भाबनाका आधार हुन् । संसारमा सबै भन्दा पहिले मानव पाइला परेको... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहन : ठेक्का नै नलगाएको खोलामा दिनहुँ एक्साभेटर

म्याग्दी १३ साउन ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध... पुरा पढ्नुहोस

भुरुङतातोपानी बजार (फोटो कथा)

म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ । यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल पुरा पढ्नुहोस

पहुँचमार्ग पहिराेले बगाएपछि माेटरेबल पुल प्रयोगविहीन

म्याग्दी १२ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराेले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले... पुरा पढ्नुहोस

दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)

https://www.youtube.com/watch?v=s9SL8yaOlVw   बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस