अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

  • १७ जेष्ठ २०७९, मंगलवार
  • 538 पटक पढिएको

म्याग्दी, १७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।

मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ ।

महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया पुन विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध हुनुभएको छ । अन्नपूर्णमा एमालेको बहुमत छ ।