म्याग्दी समाचार

बागलुङमा आजदेखि कडा निषेधाज्ञा

बाग्लुङ २८, साउन । बागलुङमा कडा प्रावधानसहित आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषेधाज्ञा थप गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण दर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने... पुरा पढ्नुहोस

आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

२८ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको... पुरा पढ्नुहोस

आगलागी पीडित ब्यवसायीलाई उद्योग वाणिज्य संघको सहयोग

बेनी, २७ साउन । म्याग्दीको सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई ब्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको... पुरा पढ्नुहोस

राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा चयन

म्याग्दी २७ साउन । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो । भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ... पुरा पढ्नुहोस

आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट सहयोग

म्याग्दी २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । बेल्जियममा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु १ लाख ३६ हजार ७ सय... पुरा पढ्नुहोस

दिवंगत रोकाको स्मृतिमा माओवादीको शोकसभा

  बेनी, २६ साउन । नेकपा माओवादी केन्द्रले दिवंगत जिल्ला कमिटि सदस्य तथा मंगला गाउँपालिका–४ का वडा अध्यक्ष ओमबहादुर रोका (रबी)को स्मृतिमा सोमबार बरंजामा शोकसभा गरेको छ । शोकसभामा माओवादी केन्द्रका प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद बिनोद केसी र माओवादीका प्रदेश कमिटि सदस्य टेकबहादुर बिकले उहाँको दिवंगतले पार्टी र... पुरा पढ्नुहोस

आगोलागीले बेनीस्थित न्युरोडका दुई पसल पुर्ण क्षति

बेनी, २६ साउन। म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान आगोलागिले दुई पसलको सामानहरु पुर्ण क्षति भएको छ । बेनी नगरपालिका– ८ स्थित न्यूरोडस्थित रहेको रघुगंगा डेरी र नयन नतिजा स्र्टोशको पसलमा आगोलागि हुदाँ लगभग १ करोड रुपैया क्षति भएको अनुमान छ । जीवनबहादुर विश्वकर्माको एकतले छाप्रोमा रहेको नयन नतिजा... पुरा पढ्नुहोस

अपांगता भएकी बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

म्याग्दी २५ साउन । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा अपांगता भएकी बालिकालाई करणी गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ बर्षिया बालिकालाई ललाई फकाई गरि जवर्जस्ती करणी गरेको गरेर गर्भवती बनाएको आरोपमा स्थानीय २० बर्षका सोहन छिनाललाई... पुरा पढ्नुहोस

एसईई उत्तिर्ण गर्ने ९ जना आमाहरुलाई विद्यालयतर्फबाट सम्मान

बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनीबाट संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भएर उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयका संचालन समितिले एसईई उतिर्ण ९ जना आमाहरुलाई सम्मान गरेको हो । पढ्ने चाहनालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परिक्षामा सहभागि भएर उतिर्ण गर्ने आमाहरुले... पुरा पढ्नुहोस

बच्न बचाउन तपाईको मास्क खोइ अभियान

बेनी, २४ साउन । म्याग्दीमा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ। एकहप्ते मास्क अभियान अन्तरगत बेनी नगरपालिका, प्रशासन र प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरेका हुन्... पुरा पढ्नुहोस