म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी

  • ७ मंसिर २०७९, बुधबार
  • 538 पटक पढिएको

म्याग्दी, ७ मंसिर । म्याग्दीबाट बाम–लोकतान्त्रिक गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।


नेपाली कांग्रेसका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाललाई ९७५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ। भण्डारीले १२ हजार ७४० र कटुवालले ११७६५ मत प्राप्त गर्नुभएको थियो ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघिनै गठबन्धनबाट उमेद्वार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) ले एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको थियो । जुग्जालीले ९ हजार ४५४ र गर्वुजाले ९ हजार ३५३ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिनिधि सभामा विजयी गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उमेद्वारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उमेद्वार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।
यसअघि वि.स. २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उमेद्वार नारायणसिंह पुनले चुनाव जित्नुभएको थियो । म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो । आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो ।