म्याग्दीमा मत गणना नसकीदै प्रतिनिधिसभामा खम्बिर गर्बुजाको विजयी सुनिश्चित  

  • ७ मंसिर २०७९, बुधबार
  • 523 पटक पढिएको

 

म्याग्दी, ७ मंसीर । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्रता कायम गर्नुभएको छ ।

 

अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको मतगणना गर्न बाँकी रहँदा गर्बुजाले २२ हजार ७६६ मत प्राप्त गर्नुभएको छ । गर्बुजाका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले १९ हजार ३२ मत पाउनुभएको छ ।

 

गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उमेद्वारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उमेद्वार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।