म्याग्दी अपडेटः संघमा खमबहादुर गर्वुजा र प्रदेश क मा हरी भण्डारीले मतान्तर बढाए

  • ७ मंसिर २०७९, बुधबार
  • 521 पटक पढिएको

 

म्याग्दीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र क मा गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । प्रतिनिधिमा नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा र प्रदेश (क) मा हरि भण्डारीले प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवारसंग मतान्तर बढाएका छन् ।

प्रतिनिधि सभा सदस्य निवार्चनमा नेपाली कांग्रेसका खमबहादुर गर्वुजाले २० हजार ०६६ र नेकपा एमाले हरिकृष्ण श्रेष्ठले ६ हजार८९३ मत ल्याएका छन् । गर्वुजाले ३ हजार १७३ मतको अग्रता कायम गरेका छन् । मतगणना जारी  छ ।

प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका हरी भण्डारीले ९ हजार ४६० मत ल्याएका छन् भने नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले ८ हजार १३५ मत ल्याएका छन्। भण्डारीले १ हजार ३२५ मतको अग्रता बनाएका छन् । मतगणना जारी छ ।

बेनी नगरपालिका र रघुगंगा –१, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । वडा नं ७ चिमखोलाको मतगणना गरिरहेको छ । रघुगंगाको वडानम्वर ८ र अन्नपूर्ण गाउँपालिकाको मत गन्न बाकी रहेको छ । प्रदेश ख मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली सुविन निर्वाचित भएका छन् ।