म्याग्दीमा समानुपातिकतर्फको मत परिणाम: एमाले पहिलो, काँग्रेस दाेस्राे र माओवादी तेस्राे

  • १० मंसिर २०७९, शनिबार
  • 3274 पटक पढिएको

म्याग्दी १० मंसिर । म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा समानुपातिक मतमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १३,६९३ मत परेको छ ।


त्यसैगरी नेकपा माओवादी केन्द्रको हसिया हथौडामा ९,०७० मत परेको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा ३,५७९ मत परेको छ । राप्रपाको हलोले १,२५३ मत प्राप्त गर्दा, मंगोल नेश्नल अर्गनाइजेसनले ९१९ र नेकपा एकिकृत समाजवादीको कलममा २८५ मत परेको छ ।

त्यसैगरी प्रदेश समानुपातिक तर्फ पनि नेकपा एमाले नै पहिलो पार्टी बनेको छ । नेकपा एमालेको सूर्य चिन्हमा १९,१२१ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १५,७३३ मत छ । त्यस्तै माओवादी केन्द्रको हसिया हथौडामा ७,४०३ मत प्राप्त गरेको छ भने नेशनल मंगोल अर्गनाइजेशनले १,२४७ मत प्राप्त गरेको छ। राप्रपाले १,१४३ र हाम्रो नेपाल पार्टीको लौरो चिन्हमा ४९१ मत पाएको छ भने नेकपा एसको कलममा ४८४ मत मात्र परेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २४९ मत पाएको छ भने जनमत पार्टीले १०९ र नेकपा मालेले १०१ मत मात्र पाएको छ ।

प्रतिनिधिसभातर्फ म्याग्दीबाट खसेको समानुपातीक मतको विवरण  

प्रदेशसभातर्फ म्याग्दीबाट खसेको समानुपातीक मतको विवरण