म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनको विजयी उत्सव (फोटो फिचर)

म्याग्दी ८ मंसिर । म्याग्दीबाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा बिजयी भएका बाम–लोकतान्त्रिक गठबन्धले बेनीमा बिजयी उत्सव मनाएका छन । प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) विजयी हुनु भएको छ । त्यसैगरि प्रदेश क्षेत्र (१) मा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष समेत रहनु भएका ३७ वर्षीय युवा नेता हरी भण्डारी र प्रदेशसभा क्षेत्र (२) मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) बिजयी हुनुभएको छ ।

गठबन्धनबा तीनै जना उम्मेदवार बिजयी भएपछि विहिवार बेनीमा गठबन्धनमा आबद्ध दलहरुले बिजयी उत्सव आयोजना गरेका हुनु । हजारौँको संख्यामा गाउँ गाउँबाट नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु बेनीमा उत्सव मनाउन झरेका थिए । बाजागाजा सहित नाचगान सहित बजारमा ¥याली पश्चात बेनीको खुलामञ्चमा आयोजित बिजयी उत्सव सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभामा निर्वाचित गर्वुजाले म्याग्दीको विकास नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

‘‘चुनावसम्म म गठबन्धनको उम्मेदवार थिएँ, जनताले मलाई अभिमत दिएर अब म्याग्दीको अविभावकीय भुमिका खेल्ने जिम्मेवारी दिनुभएको छ, सबै पक्षसंग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिमा मेरो सबै शक्ति, पहुँच र सामथ्र्य खर्चिन्छु’’–गर्वुजाले भन्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यमा निर्वाचित रेशम जुग्जाली र हरी भण्डारीले समेत म्याग्दीलाई अहिलेको अवस्थाबाट विकसित बनाउन र जिल्लामा अलपत्र परेका विकास निर्माण योजनाहरुलाई गति बढाउनका लागि निरन्तर क्रियाशिल हुने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संविधानसभा सदस्यद्धय गोविन्द पौडेल, रेशम बानियाँ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनमोर्चाका अध्यक्ष छवि विक, नेपाली काँग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य विनोद केसी लगायतले गठबन्धनका उम्मेदवारहरुलाई भारी मतका साथ बिजयी गराएकोमा मतदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो भने आमसभाको सञ्चालन काँग्रेस जिल्ला सचिब भरत रकालले गर्नुभएको थियो ।

अन्य फोटो ग्यालरीमा जानुहोस्