भण्डारीलाई जन्म गाउँ राखु भगवतीमा भब्य सम्मान

  • १० मंसिर २०७९, शनिबार
  • 429 पटक पढिएको

 

म्याग्दी, १० मंसिर । म्याग्दीबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हरी भण्डारीलाई शुक्रबार जन्मगाउँ रघुगंगा गाउँपालिका – २ राखु भगवतीमा भब्य सम्मान गरिएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाई जन्मगाउँ भगवतीमा मतदाता र आफन्जनतले फूलमालाले सम्मान गर्नुभएको थियो ।

राखु भगवती मैदानमा आयोजित सम्मान तथा विजयी¥याली कार्यक्रममा प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारीले राखु भगवतीका मतदातालाई धन्यवाद दिदै जनताहरुमाझँ राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

भण्डारीसंगै नेपाली कांग्रेसका क्षेत्र (१) का उपसभापति एवम् रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, माओवादी केन्द्रका नेता रिम कटुवालले राखुको सडक, खानेपानी, गुठी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विषयमा तिनै तहको सरकारसंग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

गठवन्धनबाट निर्वाचित प्रतिनिसभा सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) र प्रदेश निर्वाचत क्षेत्र (२) बाट निर्वाचित प्रदेश सदस्य रेशबहादुर जुग्जालीले मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् ।