मुलुक

सिंकोस बगरमा हिमपातले ढाकिए घरहरु (फोटो फिचर)

म्याग्दी १४ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छानाहरु ढाकिएर सेताम्मे बनेका छन् । गयरातीदेखि परेको हिमपातले धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोस लगायतका बस्तीमा घरका छाना ढाकिएका छन भने जमिन पुरै ढाकिएको छ । रुखहरु समेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषकहरु... पुरा पढ्नुहोस

उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

म्याग्दी, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो... पुरा पढ्नुहोस

टोड्केबाट देखिने सूर्योदयको मनोरम दृष्य (फोटो कथा)

म्याग्दी १२ पुस । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के हिमशृङ्खला र सूर्योदयको अवलोकनका लागि प्रख्यात मानिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनबढी हिमचुचुराहरुलाई एकै ठाउँबाट नजर लगाउन सकिने टोड्केमा विहानीको सूर्योदय मात्रै होइन साँझको सुर्यास्तको दृष्य समेत निकै लोभलाग्दो देखिन्छ । टोड्के... पुरा पढ्नुहोस

सडक र पुल लगायतका पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले कोरला नाका प्रभावित

मुस्ताङ, १२ पुस । बेनी–जोमसोम–जोमसोम–कोरला सडकमा पुललगायत निर्माणमा भएको ढिलासुस्तीले अन्तरदेशीय व्यापारिक महत्वको कोरला नाका सञ्चालनको तयारी प्रभावित बनेको छ । यसबाट स्थानीयवासी र पर्यटकलाई आवतजावतमा समस्या भएको छ । आगामी चैत महिनामा निर्माणाधीन १२ पुलको ठेक्का सम्झौताको थपिएको समयसीमा सकिँदै छ । पर्वतको मालढुङ्गा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम... पुरा पढ्नुहोस

पर्वतमा सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत, १२ पुस । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबै परीक्षण सकेर एक हप्ताभित्रमा... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक : मुस्ताङमा कालोपत्रे, म्याग्दीको काम सुस्त

म्याग्दी, ११ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी खण्डको काम धीमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भैरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायिहरुले आलटाल गरिरहेका छन् । मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २०किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि... पुरा पढ्नुहोस

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू (तस्बिरहरू)

म्याग्दी, ११ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री... पुरा पढ्नुहोस

जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी, ७ पुस । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चिनको सिमानसम्म सडक स्तरोन्नतीको काम अन्तिम चरणमा रहेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकलाई ७ खण्ड मध्ये ६ खण्ड सम्पन्न भएको छ भने १ खण्डको काम... पुरा पढ्नुहोस

अनुदानमा बनेका ‘होमस्टे’ व्यक्तिगत सम्पतिमा परिणत

  म्याग्दी, ६ पुस । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा... पुरा पढ्नुहोस

काम नगर्ने ठेकेदारको बैंक जमानत जफत

म्याग्दी, ६ पुस । कालीगण्डकी कोरीडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत काम नगर्ने दुई ठेकेदार कम्पनीको बैंक जमानत जफत भएको छ । आयोजनाले दुई निर्माण कम्पनीको बैंक जमानत रहेको ५ करोड ९ लाख रकम जफत गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोशी पपु गौरी पार्वती... पुरा पढ्नुहोस