पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न

  • २१ पुष २०७८, बुधबार
  • 1144 पटक पढिएको

म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो ।


प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै नयाँ प्रविधिका मिडियालाई सामाजिक परिर्वतनमा जोड्नपर्ने बताउनुभयो । उहाँले दर्ता भएका पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गरिरहेको बताउदै आचारसंहितामा रहेर समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो राखेका थिए । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासन कार्यम र सार्वजनिक सेवाप्रवाहलाई जवाफदेहिता गराउन पत्रकार भुमिका महत्वपुुणर् हुनेमा जोड दिनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगर्न पत्रकारलाई सुझाव दिनुभएको थियो ।

काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका अध्यक्ष दीपक पौडेलले मन्तव्य राखेका थिए ।म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमले सहजीकरण गरेका थिए ।