एमाले म्याग्दीको नवौँ अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी बन्ने
- २२ पुष २०७८, बिहीबार
- 805 पटक पढिएको
म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा भएको छ। पुस २३ र २४ गते सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको र सहभागि हुने प्रतिनिधि टुंगिएको विहिबार पत्रकार सम्मेलन गरी सचिवालयले जानकारी दिएको छ ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले ५१० जना प्रतिनिधि छनोट भएको जानकारी दिनुभयो । अधिवेशनमा भुगोलबाट ३५० जना प्रतिनिधि, जिल्ला कमिटीबाट ५८ जना, सल्लाकारबाट १० जना, ६ वटा पालिका कमिटीबाट १२ जना, जनवर्गिय संगठनबाट ३० जना, पेशागत संगठनबाट १० जनासहित ४९२ जना प्रतिनिधि चयन भएका छन् भने कुल संख्याको ५ प्रतिशत सचिवालयले थप गर्दा ५१० जना प्रतिनिधि टुंगिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । खुल्लाबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिसहित ५ जना खुल्ला पदाधिकारी हुने पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
भुगोलबाट ३१ जना जिल्ला पदाधिकारीमा निर्वाचित हुन्छन् जसमध्ये १२ जनामहिला र खुल्लातर्फ १९ जना हुने छन् । भुगोल अन्तरगत बेनी नगरपालिकामा महिला ३, खुल्ला ५, गाउँपालिका अन्तरगत रघुगंगा, अन्नपुर्ण, मालिका र धवलागिरीबाट २÷२ जना महिला र खुल्ला ३ जनाका दरले र मंगलामा १ जना महिलासहित खुल्ला ३ जना जनागरी पदाधिकारीमा आउने सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै दलिततर्फ २ महिलासहित ७ जना, मुस्लिमतर्फ १जना, अल्पसंख्यकतर्फ १ जनाा, जनजातीतर्फ ४ जना महिलासहित १३ जना, खुल्लातर्फ ३० जनासहित ९० जनाको पदाधिकारीमा कम्तीमा २८ जना महिलाको सहभागिता हुने सचिवालयले जानकारी दिएको छ।
आगामी पाटी नेतृत्वका लागि आन्तरिक रुपमा नेताहरुले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेतृत्वका लागि इच्छुक साथीहरुविच छलफलबाट नेतृत्व टुग्याउने अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । अधिवेशनलाई सफल बनाउन ११ वटा उपसमिति मार्फत अधिवेशनको तयारी भएको छ । शुक्रबार १२ बजेदेखि ¥याली सुरु हुने सचिवालयले जानकारी दिएको छ ।