नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा केसी
- २६ पुष २०७८, सोमबार
- 1031 पटक पढिएको
बाग्लुङ, २६ पुस । एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । कार्यवाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले तीन सय २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कृष्ण पाठकले दुई सय २८ मत पाएका छन । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिप्रसाद शर्माले जानकारी दिए ।
उपाध्यक्ष र सचिवमा निर्विरोध भएसँगै अध्यक्ष, उपसचिव, खुला सदस्य र भूगोलतर्फको जिल्ला सदस्यमा निर्वाचन भएको थियो । उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस निर्वाचित भएका छन् । थापाले दुई सय ९९ र श्रीसले दुई सय २८ मत पाएका छन् । उपसचिवमा ६ जनाको प्रतिस्पर्धा थियो । उपसचिवमा उम्मेदवारी दिएकी चित्रकला छन्त्यालले एक सय ५९, रामबहादुर जिसीले एक सय ६४, नेत्र विष्टले एक सय १३ र प्रेमबहादुर लामिछानेले एक सय सात मत पाएका छन । अध्यक्षमा विजयी भएका युवा नेता केसी हाल प्रदेश कमिटी सदस्य हुन् भने उनी जिल्लाबाटै विद्यार्थी राजनीति सुरु गरेर पार्टी नेतृत्वमा स्थापित भएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति, युवा संघको नेतृत्वमा हुँदै हाल पार्टीको नेतृत्वमा आएका हुन् ।
त्यसैगरी, जिल्ला सदस्य खुलामा पनि निर्वाचन भएको थियो । २४ जना निर्वाचन हुनुपर्नेमा ३६ जनाको उम्मेदवारी परेको थियो । खुला सदस्यमा अमर थापा चार सय २७, शेखर खड्का तीन सय ९७, रुद्र पौडेल तीन सय ८४, सम्पन्न श्रेष्ठ तीन सय ६८, अनन्तबहादुर खड्का तीन सय ६३, नेत्रबहादुर विष्ट तीन सय ५८,प्रेम लामिछाने तीन सय ५७, बालकृष्ण शर्मा तीन सय ५६, पुनमप्रसाद शर्मा तीन सय ५६, ईश्वरलाल राजभण्डारी तीन सय ५५, पवित्रा रोका तीन सय ५३, लोकेन्द्रबहादुर केसी तीन सय ५३, भूपेन्द्र खड्का तीन सय ४३, शिव शर्मा तीन सय ४२, यमबहादुर श्रीस थापा तीन सय ४२, दीपक गौतम तीन सय ३३, रुद्रबहादुर महत क्षेत्री तीन सय ३२, सन्दीप खड्का तीन सय २६, खिमबहादुर थापामगर तीन सय २१, प्रेमबहादुर केसी तीन सय १९, चन्द्र गणेश तीन सय १३, जितबहादुर क्षेत्री राजन तीन सय ११, कृष्ण अधिकारी तीन सय आठ र खगेन्द्र पौडेल तीन सय ६० निर्वाचित भएका छन् ।
यस्तै, भूगोल खुला सदस्य काठेखोला गाउँपालिकामा खिमबहादुर कार्की दुई सय ५६० र खुमबहादुर भण्डारी दुई सय ४० मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अल्पसंख्यक खुला सदस्यमा ढालेन्द्र शेरचन तीन सय ४० र लालबहादुर छन्त्याल दुई सय ५२ मत ल्याएर निर्वाचित भएका हुन् । कुल ६ सय ३६ प्रतिनिधि मतदातामा ६ सय चार मत खसेको थियो ।