मुलुक

झोलुङ्गे पुलको जिल्लामा थपिए दश झोलुङ्गे पुल

बागलुङ १७ पुस । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् । गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे... पुरा पढ्नुहोस

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक भित्रिय

मुस्ताङ १७ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले जनाएको छ । “कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान,... पुरा पढ्नुहोस

अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

काठमाण्डाै १६ पुस । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी... पुरा पढ्नुहोस

फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटन, १६ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन ।... पुरा पढ्नुहोस

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

  कास्की, १५ पुस : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको... पुरा पढ्नुहोस

आगो लागिरहेको १२ तलाबाट लाइभ भिडिओमा सन्देश पठाउँदै पाण्डेले छाडे संसार

काठमाडौं १५ पुस । थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जानुअघि घरपरिवारलाई भिडियोकलमा मर्मस्पर्शी सन्देश छाडेर संसार छाडेका छन् । उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका... पुरा पढ्नुहोस

गाउँमा सरकार पुग्यो, सडकको सहज सुविधा पुगेन

कमल खत्री बेनी, १५ पुस : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सूचारु भएपछि स्थानीयबासी निकै उत्साहित बने । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पाँच बर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुले धवलागिरिमा विवादित रहेको केन्द्रको टुंगो गाउँसभा मार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालिन मुना गाउँ विकास... पुरा पढ्नुहोस

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

पाेखरा १४ पुस । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराउनुभएको थियो । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान... पुरा पढ्नुहोस

राप्रपा ससर्त सरकारमा सहभागी हुने, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

काठमान्डाै १४ पुस । प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ६ घन्टा बसेको बैठकमा दुई धार देखिएपछि पार्टीले ससर्त जानुपर्ने मध्यमार्गी निर्णय लिएको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारमा जाने र नजाने विषयमा मत... पुरा पढ्नुहोस

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन, १३ पुस । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन्... पुरा पढ्नुहोस