मुलुक

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै, सुरक्षा अबस्था कडा

काठमाडौँ ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्धाको आजै निर्णय सुनाउने तयारी भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन

म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस

सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन 

बागलुङ  १० फागुन । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा,... पुरा पढ्नुहोस

मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)

म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस

भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारे

बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार समेत गरेको स्वीकारेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए । तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी... पुरा पढ्नुहोस

उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

म्याग्दी, ७ फागुन । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने छन् । पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । म्याग्दीले तनहुँमाथि २५(११,२५(१९ र २५(१३ को सेटमा पराजित गर्यो ।... पुरा पढ्नुहोस

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ... पुरा पढ्नुहोस

यस्तो छ भागरथी हत्याको टाइमलाइन : कुकुर आउने भएपछि गोठालो गए आरोपित

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)

कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस