विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

  • १८ फाल्गुन २०७७, मंगलवार
  • 895 पटक पढिएको

काठमाडौं १८ फागुन । आफैले प्रतिबन्ध लगाएको विप्लव समूहसंग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् ।


सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।