म्याग्दी, बागलुङ र पर्वत सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

  • १४ फाल्गुन २०७७, शुक्रबार
  • 1748 पटक पढिएको

म्याग्दी १४ फागुन । गृह मन्त्रालयले धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत सहित विभिन्न ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको काठमाण्डौ जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्नुभएको हो । म्याग्दीमा गणेश बहादुर अधिकारीलाई प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ । बागलुङ प्रजिअ सुरेश न्यौपानेको सिन्धुली र पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको गृहमन्त्रालयमा सरुवा गरिएको छ । सिन्धुली, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारीको सरुवाको सुचि