फिचर

बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने

  म्याग्दी, २ कात्तिक । गण्डकी प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने नीतिमा रहेर बेनी अस्पतालबाट सेवा सुरु गरिएको छ । विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको उपस्थितमा विहान ७ बजेदेखि... पुरा पढ्नुहोस

रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासीलाई आग्रह

  म्याग्दी, २७ असोज । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने जिल्लाका जनप्रतिनिधिहरुले रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासी म्याग्देलीलाई आग्रह गरेका छन् । सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशनको उद्घाटन

  म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा... पुरा पढ्नुहोस

मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् । भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको... पुरा पढ्नुहोस

बेनी बजारको सडक फराकिलो बन्दै

म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार... पुरा पढ्नुहोस

चाडपर्वलाई लक्षित गरेर बनाईएका झिलिङ्गा

  म्याग्दी, २३ असोज । बेनी नगरपालिका– ७, विरेन्द्रचोकमा दशै पर्वलाई लक्षित गरेर बनाईएर सुकाईएका झिलिङ्गा । पछिल्लो समय महिलाहरुले झिलिङ्गा उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । दशैँ तिहारको समयमा बढी बिक्री हुने झिलिङ्गा बनाउन बेनी बस्दै आएका सिरु पुन र जुना रोका झिलिङ्गा उत्पादन ब्यस्त छन् । बजारमा... पुरा पढ्नुहोस

अन्नपूर्णमा माओवादीप्रति जनताको आकर्षण बढ्दै

म्याग्दी, २२ असोज । तीनमहिने अभियानअन्तरगत नेकपा (माओवादी केन्द्र) पार्टीले अन्नपूर्ण गाउँपालिकामा संचालन गरेका वडास्तरका कार्यक्रममा जनताको आकर्षण बढ्दै गएको छ। ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को दाना र ५ को शिखमा जिल्लाका नेताहरुले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो... पुरा पढ्नुहोस

आन्द्राको क्यान्सर पीडित बालकको अपिल : ‘म बाँच्न चाहन्छु, आर्थिक सहयोग गर्नुहोस’

  म्याग्दी, २१ असोज । विगत १० महिना देखि आन्द्राको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २, भगवतीका १५ बर्षीय बालक संदिप परियारको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै संदिपको परिवारले सहयोगको आग्रह गरेको हो । विगत १०... पुरा पढ्नुहोस

माओवादीको तीनमहिने अभियान अन्तरगत सिंगामा सडक नाली सरसफाई

म्याग्दी, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले तीन महिने अभियान अन्तरगत शनिबार बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका वडानम्वर ४ सिंगा तातोपानीमा श्रमदान मार्फत नाली सरसफाई गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत सिंगा तातोपानीस्थित पहिरो पुरेको नाली सरसफाई गरेका हुन् । माओवादीको वडा... पुरा पढ्नुहोस

माओवादीका नेता तथा कार्यकर्ताद्वारा पदमार्ग मर्मत

  बेनी, २० असोज । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी... पुरा पढ्नुहोस