माओवादीको तीनमहिने अभियान अन्तरगत सिंगामा सडक नाली सरसफाई

  • २० आश्विन २०८०, शनिबार
  • 307 पटक पढिएको

म्याग्दी, २० असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले तीन महिने अभियान अन्तरगत शनिबार बेनी–दरबाङ सडक अन्तरगत बेनी नगरपालिका वडानम्वर ४ सिंगा तातोपानीमा श्रमदान मार्फत नाली सरसफाई गरेका छन् ।

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत सिंगा तातोपानीस्थित पहिरो पुरेको नाली सरसफाई गरेका हुन् ।

माओवादीको वडा कमिटिको आयोजनामा भएको सरसफाई कार्यक्रममा प्रदेश क्षेत्र क संयोजक कुशल पौडेल, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, नगर कमिटीका उपाध्यक्ष एवम् वडानम्वर ४ का वडाअध्यक्ष अणबहादुर खड्का, सचिव ज्ञानेन्द्र सुवेदी, वडासदस्यद्घाय प्रेम श्रीस र केन खत्री ( सन्दिप) लगायतले नाली सरसफाईमा श्रमदान गर्नुभएको थियो ।

गत भदौ १६ गतेदेखि देशब्यापी रुपमा सञ्चालन भएको अभियान अन्तरगत जिल्लाको विभिन्न स्थानमा सडक, पदमार्ग मर्मत तथा सरसफाई कार्यक्रम माओवादीका नेता तथा कार्यकर्ताले गर्नुभएको छ ।