चाडपर्वलाई लक्षित गरेर बनाईएका झिलिङ्गा

  • २३ आश्विन २०८०, मंगलवार
  • धिरन खत्री
  • 317 पटक पढिएको

 

म्याग्दी, २३ असोज । बेनी नगरपालिका– ७, विरेन्द्रचोकमा दशै पर्वलाई लक्षित गरेर बनाईएर सुकाईएका झिलिङ्गा । पछिल्लो समय महिलाहरुले झिलिङ्गा उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् ।

दशैँ तिहारको समयमा बढी बिक्री हुने झिलिङ्गा बनाउन बेनी बस्दै आएका सिरु पुन र जुना रोका झिलिङ्गा उत्पादन ब्यस्त छन् । बजारमा सहज रुपमा विक्रि हुने भएकोले दुईजना मिलेर तीन दिन देखि झिलिङ्गा बनाई राखेको सिरु पुनले बताउनुभयो। विगत पनि बनाउदै आएका थियौ । यसलाई निरन्तरता दिएका छौ ।

“खेर गइरहेको समयको सदुपयोग गरी फुर्सदको समयमा झिलिङ्गा बनाउने गरेका छौँ”, उहाँले भन्नुभयो “बजारको समस्या छैन् त्यसैले यसबाट राम्रो आम्दानी भएको छ । पसलले एकमुष्ट खरिद गरेर दर्जनको १४० रुपैयाँमा लैजान्छ ।”

पछिल्लो समय चाडपर्वबाहेक अन्य समयमा पनि मानिसले विवाह, व्रतबन्ध, कोशेली लान र खाजाका रूपमा प्रयोग गर्न झिलिङ्गाको माग राम्रो छ । पहिल्य कोशेलीको रुपमा निर्माण हुने झिलिङ्गा पछिल्लो समय आम्दानीको रुपमा ब्यवसायिक उत्पादनमा महिलाहरु लागेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l