लायन्स क्लबद्वारा बेनीमा रक्तदान कार्यक्रम

  • १२ श्रावण २०८०, शुक्रबार
  • धिरन खत्री
  • 319 पटक पढिएको

 

म्याग्दी, १२ साउन । म्याग्दीमा रगतको अभाव हुन नदिने उद्देश्यले ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा मानविय सेवा सक्रिय दुईवटा लायन्स क्लवद्वारा रक्तदान कार्यक्रम गरेका छन् ।

लायन्स क्लव अफ बेनी पिस सिटी र बेनी म्याग्दीको सयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदात गर्नुभएको छ । शुक्रबार बेनी अस्पताल परिसरमा भएको रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीले गरेको थियो ।

रक्तदान कार्यक्रममा बेनी नगरपालिका मेयर सुरत केसीले बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन रक्तदान कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले समय समयमा रक्तदान गर्नाले स्वास्थ्यलाई पनि राम्रो हुने बताउदै रगत दिन सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति अम्मर बाँनियाले म्याग्दीका लायन्स क्लवले विभिन्न समयमा मानविय सेवाका निम्ति गरेको कामको प्रंशसा गर्दै रक्तदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

लायन्स क्लव बेनी म्याग्दीका अध्यक्ष रामजी विश्वकर्माको अध्यक्षता, बेनी पिस सिटीका अध्यक्ष सन्दिप खत्रीको स्वागत तथा सिटीका सचिव दुर्गा बुढामगरको संचालनमा सम्पन्न भएको रक्तदान कार्यक्रममा लायन्सका सक्रिय सदस्यहरुको उपस्थित रहेको थियो । रगत दान गर्नेहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l