शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)

  • १९ श्रावण २०८०, शुक्रबार
  • 493 पटक पढिएको

 

बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका शिक्षक ठकुरीलाई शुक्रवार विद्यालयमा आयोजित एक समारोहमा विदाई गरिएको हो ।  
तस्बिर : कमल खत्री