ताजा अपडेट

ताकम माविको भवन उद्घाटन

म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस

भोलि सार्वजनिक बिदा

म्याग्दी,१४ मंसिर । सरकारले मंसिर १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरि मुहम्मद सल्ललल्लाहो लैहै वोसलमको जन्मदिनको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । पौष १० गते क्रिसमस डे का दिन सार्वजनिक विदा दिने गृहमन्त्रालयको सूचनामा रहेको छ ।... पुरा पढ्नुहोस

६ वर्षपछि वायन रोनीद्वारा ह्याट्रिक

  मंसिर १४ /म्यानचेस्टर युनाइटेडबाट एभर्टन गएका वायन रोनीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ह्याट्रिक गरेका छन्। प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गर्ने क्रममा बुधबार राति घरेलु मैदानमा एर्भटनमाथि ह्याट्रिक गरेका हुन्। उनी यसै सिजन आफ्नो पुरानो क्लब एभर्टन गएका हुन्। वेष्ट ह्यामलाई ४–०... पुरा पढ्नुहोस

छैटौ म्याग्दी महोत्सवको तयारी सुरु

म्याग्दी, १३ मंसिर । आगामी पौष २८ गते देखि माघ ७ गतेसम्म हुने छैटौ म्याग्दी महोत्सवमा विविध कार्यक्रमको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापार मेला २०७४ आयोजना गरिएको हो । संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको... पुरा पढ्नुहोस

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला

चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी... पुरा पढ्नुहोस

मोनाको कार्य बिभाजन

  म्याग्दी, १३ मंसिर । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ । गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल... पुरा पढ्नुहोस

युवा व्यवसायी भण्डारी र केसीद्धारा ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका युवा व्यवसायी हरि भण्डारी र रिम कटुवाल (केसी)ले वडा नम्बर ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । बेनीमा रारा अटोमोवाईल्स सञ्चालन गर्दै आउनुभएका भण्डारी र केसीले ज्ञानोदय माविलाई खेलकुद सामाग्री सहित खेलकुद पोशाक सहयोग गर्नुभएको हो । उहाँहरुले एक दर्जन खेलकुृद जर्सी... पुरा पढ्नुहोस

शिखको पाखा भुमेथान, जहाँ पुजा गर्न महिलालाई निषेध हुन्छ ! (फोटो फिचर)

म्याग्दी, १२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउपालिका वडा न ५ शिखमा रहेको पाखा भुमे थानमा मंगलवार पुजा गरिएको छ । प्रत्येक उजेलिको मंगलबार पुजा हुने यस थानमा पुजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । यस थानमा स्थानीयबासीले मंगलवार बोका, कुखुराको भाले, पोथिले बली दिएर पुजा गरेका हुन् ।... पुरा पढ्नुहोस

छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको लेक लागेर मृत्यू

मुस्ताङ, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदानकेन्द्रमा खटिएका एक कर्मचारीको अत्यधिक चिसो र लेक लागेर मंगलबार मृत्यू भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो ।गोलाप्रथाबाट... पुरा पढ्नुहोस

म्याग्दीमा खसेको झण्डै ६३ प्रतिशत मत ! कुन बुथबाट कती मतदान भयो, हेरौँ (सुचिसहित)

म्याग्दी, १२ मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा करिब ६३ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाको ४५ वटा वटामा गरिएको मतदानमा जिल्लामा कुल मतदाता ७५ हजार ५३७ जनामध्ये ४७ हजार ४४९ जनाले मतदानमा सहभागीता जनाएका हुन् । खसेको मत मध्ये २६ हजार ३१८ महिला र... पुरा पढ्नुहोस