मुस्ताङ हुँदै धौालागिरी पदमार्गमा गएका २ विदेशी पर्यटक वेपत्ता
- १७ चैत्र २०७४, शनिबार
- सुन्दर कुमार थकाली
- 2049 पटक पढिएको
मुस्ताङ १७ चैत । हिमालपारीको जिल्ला मुस्ताङको पर्यटकिय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरी बेश क्याम्प जाने पदमार्गमा गएराति देखि चेकगणतन्त्रका २ बिदेश नागरिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।
प्रहरी कायब उपरिक्षक रामहरी पाण्डेका अनुसार धौलागिरी पदमार्ग मा गएका २ बिदेश नागरिक हराएको खबर बिहान ६ बजे जानकारी भएपछि प्रहरीले स्थलगत खोजीकार्यलाई अगाडी बढाएको जानकारी दिए ।
अहिले डिएसपि रामहरी पाण्डेको कमाण्डमा १० जना प्रहरी हराएको स्थानमा जाँदै गरेको जानकारी दिए ।यता सिडियो रामचन्द्र तिवारीले हराई रहेका २ बिदेशीको सिम्रिक एयरको हेलिकप्टरबाट खोजीकार्य भैईरहेको जनाए । अहिले प्रहरीको टोली धौलागिरी पदमार्ग हुँदै बेश क्याम्पतर्फ जादै गरेको बताईएको छ । फाइल तस्विर