फलामेडाँडामा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया

  • १४ पुष २०७५, शनिबार
  • 1307 पटक पढिएको

बेनी १४ पुष । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो ।

लोप्रेमा रहेको संस्थाले वन्यजन्तु, पंक्षि, जडिवुटी र जैविक बिबिधता संरक्षण तथा प्रर्वद्धनका लागि समुदाय स्तरमा विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको स्थानीय युवा पुर्ख पुर्जा पुनले जानकारी दिएका थिए ।