दलित वर्गको बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम

  • १५ पुष २०७५, आईतवार
  • 2170 पटक पढिएको

अमित विश्वकर्मा
म्याग्दी १५ पुस । म्याग्दीको बेनीमा संयुक्त राजनीतिक दल संघर्ष समिति म्याग्दीको आयोजनामा स्थानीय तहमा प्राप्त लक्षित दलित वर्गको बजेट र त्यसको कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अतिथी नेकपाका नेता एवम् पूर्व सभासद् गोविन्द पौडेलले नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भैसकेको र छुवाछुत सामाजिक विकृतिको प्रमुख कारण भएकोले यसलाई निरुत्साहित गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा छुवाछुतजन्य गतिविधिहरुलाई सहेर नवस्न आग्रह गर्दै दलित वर्गको लागि छुट्याईको बजेट लक्षित वर्गमा खर्च गर्न र रकमान्तर नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।त्यसैगरी बेनी नगरपालिका ९ का वडा अध्यक्ष बेलबहादुर चोखालले यस आर्थिक वर्षमा वडा नं ९ ले दलित वर्गका लागि १ लाख रुपैयाँ छुट्याईको बताउँदै उक्त बजेटले सीपमूलक तालिम संचालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा बेनपा ५ का दलित महिला सदस्य गीता दर्जी, वडा नं ६ का राजकुमारी विश्वकर्मा, वडा नं ८ का भीमकुमारी विश्वकर्मा,बेनपा २ का महिला सदस्य सीता परियारलगाएतले आफूहरुलाई कुनै पनि अवसर नदिइएको र दलित वर्गका लागि प्रर्याप्त बजेट नछुट्याईएको गुनासो गर्नुभयो ।

कार्यक्रममा बेनपा ५ का वडासदस्य राजाराम पौडेल,दलित अधिकारकर्मी बालकुमार लामिछाने,शिक्षक मनवहादुर किसान,नेपाली कांग्रेसका प्रतिनिधि मनवहादुर चर्मकार,राष्ट्रिय जनमोर्चाका विदुर कार्की,दलित अधिकारकर्मी इन्द्र विश्वकर्मा, संचारकर्मी अमित विश्वकर्मा र शिक्षा तथा समन्वय इकाईका विश्वप्रकाश रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका संयोजक छवि विश्वकर्माको अध्यक्षता, दलित अभियन्ता याम किसानको स्वागत र उत्पीडित जातीय मुक्ति मोर्चा म्याग्दीका अध्यक्ष बलबहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा संयोजक विश्वकर्माले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।