गलेश्वर शिवालय र जेष्ठ नागरिक आश्रमको साधारणसभा (फाेटाे फिचर)

  • १४ पुष २०७५, शनिबार
  • 2481 पटक पढिएको

बेनी १४ पुष । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १३ औ कार्यकारी र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको आठौ वार्षिक साधारणसभा शनिबार गलेश्वरमा सम्पन्न भएको छ ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारदर्शीता र व्यवस्थापनका हिसाबले गलेश्वर देशकै नमुना धार्मिक स्थल भएको र यसबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले गलेश्वरलाई थप व्यवस्थित बनाएर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष भिमनाथ पराजुलीको स्वागत मन्तब्य र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राममन्दिर क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा अध्यक्ष केसीले कोषको गतिबिधि र सदस्य सचिव रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष बमबहादुर पुनले चालु आर्थिक वर्षको हालसम्म अल्या सहित दुई करोड पचास लाख ५६ हजार ६२० रुपैयाँ आम्दानी र बाइस लाख ५९ हजार ९४ रुपैयाँ खर्च भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

गत वर्ष मेलापर्वको क्रममा १९ लाख ४२ हजार ७५२ रुपैयाँ र मण्डवबाट बीस लाख ३१ ह्जार ४४१ रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष पुनले बताउनुभयो ।