५ दिन अघि फेला परेको बेवारिसे सबको पहिचान हुन सकेन्

  • १५ पुष २०७५, आईतवार
  • 1995 पटक पढिएको

म्याग्दी, १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा ५ दिन अघि फेला परेको वेवारिसे सबको पहिचान हुन सकेको छैन् । पुस ११ गते दरमिजा गाउँदेखि तल रहेको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भारतीय मुलको नागरिकको शब फेला परेको थियो ।

भिरमा लडेको अबस्थामा फेला परेको सबलाई उद्धार गरि सब परिक्षणको लागि बेनी अस्पतालको शबगृहमा राखिएको भएपनि अहिलेसम्म कोही आफन्त सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाम, उमेर नखुलेको सब फेला परेपछि हुलिया परिपत्र गरिएपनि अहिलेसम्म सबको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढा मगरले जानकारी दिए ।

‘‘ सब हेर्दा अन्दाजी ३५ बर्षको जस्तो देखिन्छ, केही दिन आफन्तको खोजी गरिने र कोहीपनि सब बुझ्न नआए कानुन बमोजिम सबको परिक्षण गरि अन्त्योष्टि गर्छौ’’– प्रनाउ बुढामगरले भने ।