ताजा अपडेट

भिम माविमा पुस्तकालय भवन निर्माण

  देविस्थान १६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १८ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन... पुरा पढ्नुहोस

गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

म्याग्दी, १५ भदौ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले... पुरा पढ्नुहोस

जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा एकापसमा चिनजान... पुरा पढ्नुहोस

विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ सहयोग

सिजन रोका बाबियाचौर, १५ भदौ । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला–५ पिपलबोटका बिरेन्द्र बुढाथोकीले दुई लाख, मंगला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले पचास हजार ५५ र मंगला–४ थर्पु घर भई हाल बेलायत... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनता माविका कल्पना... पुरा पढ्नुहोस

दुखुखोलामा दशकपछि बन्यो पुल

  म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा... पुरा पढ्नुहोस

प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई... पुरा पढ्नुहोस

बालबिवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया

  बेनी, १५ भदौ । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार बालबिवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पलान इन्टरनेशनलको आर्थिक सहयोग र अन्तर धार्मिक सञ्जाल म्याग्दीको आयोजना तथा सिविन नेपालको संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबिवाहको कारण, असर र न्युनीकरणका उपायको विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरुले कतिपय... पुरा पढ्नुहोस

बेसाहारा वृद्धाको घर निर्माणका लागि सहयोग

  बेनी, १५ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेसाहरा वृद्धालाई घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।बेनी नगरपालिका–१ रत्नेचौरकी हिरामती कामीको घर पुननिर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो । क्लवका अध्यक्ष नरेश श्रेष्ठ लगायत पदाधीकारीहरुले शनिबार बेनीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत वडा अध्यक्ष... पुरा पढ्नुहोस