ताजा अपडेट

परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया

  बेनी २५ बैशाख । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष राधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षालाई व्यवस्थित र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । परिक्षाको मर्यादा कायम राख्न शिक्षक... पुरा पढ्नुहोस

दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)

म्याग्दी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने,... पुरा पढ्नुहोस

जनप्रतिनिधिको पारिश्रमिक क्याम्पसलाई सहयोग

बाबियाचौर २५ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिक वापतको रकम सामुदायिक क्याम्पसलाई उपलब्ध गराएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पसलाई अध्यक्ष रोकाले दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् । यसअघि पनि अध्यक्ष रोकाले क्याम्पसलाई व्यक्तिगत रुपमा छ लाख रुपैयाँ सहयोग... पुरा पढ्नुहोस

माइक्रो बस दुर्घटनाः १५ जना घाईते

म्याग्दी, २५ बैशाख । बेनी नगरपालिका–९ भुर्तुलादैलोमा माईक्रो बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । बेनी देखि तोरापानी हुदै पात्लेखेत जादै गरेको ना ५ ख ५७२४ को बस दुर्घटना भएको हो । बस दुर्घटनामा घाईते भएका सबैलाई बेनी अस्पतालमा उपचारका लागि ल्याईएको छ । बस दुर्घटनामा परेका मध्य... पुरा पढ्नुहोस

नेकपा म्याग्दीले जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण

म्याग्दी, २५ बैशाख । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीमा रहेका सदस्यहरुले सपथ ग्रहण लिएका छन् । जिल्ला कमिटिको पुर्ण बैठकमा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कमिटिमा रहेका सदस्यहरुलाई सपथ ग्रहण गराइएका हुन् । जिल्ला कमिटिमा ९५ जना सदस्यहरु रहेका छन् । गण्डकी प्रेदशममै नेकपाको जिल्ला कमिटिलाई म्याग्दीले पुर्णता... पुरा पढ्नुहोस

अन्नपूर्णको वडामा मेलमिलाप केन्द्र स्थापना

  बेनी २५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिले वडा कार्यालयसंग समन्वय गरेर स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । ८ वटा वडामा केन्द्र स्थापना भइसकेको न्यायिक समितिका सदस्य वुद्धी पुनले जानकारी दिएका थिए... पुरा पढ्नुहोस

कालीगण्डकी रिसोर्टमा म्याग्दीमै पहिलो स्विमिङपुल सञ्चालनमा (फोटो फिचर)

कमल खत्री म्याग्दी, २४ वैशाख । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा सञ्चालित कालीगण्डकी रिसोर्टले जिल्लामै पहिलो पटक स्विमिङपुल सञ्चालनमा ल्याएको छ । गत बर्षदेखि रिसोर्ट सञ्चालन गर्नुभएका हरिबहादुर चन्दले रिसार्टको क्षमता विस्तार संगै स्विमिङ पुल सञ्चालनमा ल्याउनुभएको हो । गर्मियाममा स्विमिङको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउन... पुरा पढ्नुहोस

आगोले जलेर घाइते भएकी बालिकालाई गाउँपालिकाको सहयोग

बेनी २४ बैशाख । धवलागिरी गाउँपालिकाले आगोले जरेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि गाउँपालिकाले बीस हजार रुपैयाँ सहयोग गरेको हो । अध्यक्ष थमसरा पुनको निर्देशन अनुसार गाउँपालिकाका प्राबिधिक जनक धानुकले... पुरा पढ्नुहोस

लामपाटामा बसको ब्रेकफेल भएपछि सडकमै पल्टीयो बस

म्याग्दी २४ वैशाख । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर नजीकै रहेको लामपाटामा बस दुर्घटनामा परेको छ । सोमबार साँझ बेनीदेखि दरबाङ जाँदै गरेको ग १ख ५१०३ नम्बरको बस लाम्पाटा पहिरो नजीकैको घुम्टीमा ब्रेक फेल भएर सडकमै पल्टीएको हो । दुर्घटनामा परि बसमा सवार ७ जना सामान्य घाइते भएका छन् । घाईते... पुरा पढ्नुहोस

मोना कतारको बहुउदेश्यीय अक्षयकोषमा साँस्कृतिक कार्यक्रमबाट ६ लाख जुट्यो

म्याग्दी, २४ वैशाख । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमो बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि रकम जम्मा गर्न सुरु गरेको छ । नयाँ बर्ष २०७६ को अवसरमा कतारमा आयोजना गरिएको चौथो विविध साँस्कृतिक कार्यक्रमबाट बहुउदेश्यीय अक्षयकोषको लागि रु ६ लाख संकलन गरेको हो । साँस्कृतिक... पुरा पढ्नुहोस