पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख संकलन

  • ७ आश्विन २०७६, मंगलवार
  • 1834 पटक पढिएको

 

बेनी, ७ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा सञ्चालित विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवको एघारौ दिनसम्म साढे तीस लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ ।

महोत्सवको एघारौ दिन मंगलबारसम्म ३० लाख ५५ हजार ६५० रुपैयाँ संकलन भएको मुल आयोजक समितिका महासचिव चिरञ्जिवी बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारसम्म २८ लाख दश हजार ५५५ रुपैयाँ संकलन भएको थियो । मंगलबार थप दुई लाख ५५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

श्रीलक्ष्मीहरि मन्दिरका संरक्षक जीयर स्वामी, ब्यासाचार्य श्रीनारायणाचार्य, डाक्टर चक्रपाणी आचार्य (रेग्मी)को प्रवचन हुने महोत्सवमा यतिराजस्वामी हिमालय वावा र ऋषि प्रपन्नाचार्य स्वामीजीको समेत उपस्थिति हुने आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए । म्हायज्ञको अवसरमा समाजसेवी रामबहादुर गौतमले १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणको घोषणा र शिलान्यास गरेका थिए ।