ताजा अपडेट
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
- 9 महिना, 28 दिन अगाडि
- २ चैत्र २०८०, शुक्रबार
कमल खत्री म्याग्दी, २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न लागिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर,पर्यटनकमी, भूगर्भविद्, वातावरणविद्,... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा जामुनाखर्कमा विद्यार्थीको आँखा परिक्षण
- 9 महिना, 28 दिन अगाडि
- २ चैत्र २०८०, शुक्रबार
युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले बेनी नगरपालिका–६ अथुङ्गे स्थित जामुनाखर्क माविमा नःशूल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित शिविरबाट ६५ जना छात्र, ५३ जना छात्रा र ३२ जना शिक्षक कर्मचारीहरु गरी कुल १५० जनाको आँखा... पुरा पढ्नुहोस
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण
- 9 महिना, 28 दिन अगाडि
- २ चैत्र २०८०, शुक्रबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज... पुरा पढ्नुहोस
बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई जिल्ला सभामा सम्मान
- 9 महिना, 29 दिन अगाडि
- १ चैत्र २०८०, बिहीबार
बेनी, १ चैत । म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन... पुरा पढ्नुहोस
म्याग्दीका सबै पालिकामा नेकपा(एमाले)को नयाँ नेतृत्व चयन
- 9 महिना, 29 दिन अगाडि
- १ चैत्र २०८०, बिहीबार
म्याग्दी,१ चैत ।म्याग्दीका ६ वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । गत माघमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको नयाँ नेतृत्वले कार्ययोजना नै बनाएर पालिका अधिवेशन सुरु गरेको थियो । बुधवार बेनी नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएसंगै एक नगरपालिका र पाँच... पुरा पढ्नुहोस
परम्परागत चिनारीको संरक्षणमा जुटे ठाडाखानीका छन्त्याल समुदाय
- 9 महिना, 29 दिन अगाडि
- १ चैत्र २०८०, बिहीबार
म्याग्दी , १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय मौलिक चिनारीको रुपमा रहेका भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाम्दुलो, काम्लो, स्विटर, टोपी लगायतका मौलिक पोसाक हराएर जाने अवस्थामा पुगेपछि यहाँका छन्त्याल समुदाय संरक्षणमा जुटेका हुन् । पुर्खाहरुले भेडापालन गर्ने र... पुरा पढ्नुहोस
नेकपा(एमाले) बेनी नगर कमिटीको नयाँ नेतृत्व चयन, अध्यक्षमा कटुवाल
- 9 महिना, 30 दिन अगाडि
- ३० फाल्गुन २०८०, बुधबार
म्याग्दी, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीमा बेलबहादुर कटुवालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चुनिएको छ । बुधवार सम्पन्न दोस्रो नगर अधिवेशनबाट कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिबमा भोजबहादुर रिजाल, उप–सचिबमा सुनिता केसी र विवेक हमाल चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित
- 9 महिना, 30 दिन अगाडि
- ३० फाल्गुन २०८०, बुधबार
नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
मिश्रित निर्वाचनले एक दलको मात्रै बहुमत कठिनः राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना
- 9 महिना, 30 दिन अगाडि
- ३० फाल्गुन २०८०, बुधबार
म्याग्दी, ३० फागुन । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको अवस्थामा कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ । नेकपा (एमाले) बेनी नगरकमिटीको दोस्रो अधिवेशनलाई बुधवार बेनीमा सम्वोधन गर्दै नेता तिमिल्सिनाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको हो... पुरा पढ्नुहोस
एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धन कुमार पुर्जा चयन
- 9 महिना, 30 दिन अगाडि
- ३० फाल्गुन २०८०, बुधबार
म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ... पुरा पढ्नुहोस