ताजा अपडेट
म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु
- 1 बर्ष, 23 दिन अगाडि
- २१ चैत्र २०८१, शुक्रबार
म्याग्दी, चैत २२ । म्याग्दीम शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन... पुरा पढ्नुहोस
प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिम चरणमा
- 1 बर्ष, 24 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २१ गते । म्याग्दीको बेनीमा निर्माणधिन ५० शय्या क्षमताको प्रदेश अस्पताल बेनीको भवन निर्माण अन्तिमचरणमा पुगेको छ । ठेक्का सम्झौता मितिभन्दा साढे पाँच वर्ष ढिला गरी भवन निर्माण सम्पन्न हुन लागेको हो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन लामो समय सम्म अलपत्र पर्दै आएको... पुरा पढ्नुहोस
मुना–जलजला–ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै
- 1 बर्ष, 24 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्र्याक खुल्ने चरणमा पुगेको छ । चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालयले म्याग्दीको धौलागिरि गाउँपालिका–२ मरेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्र्याक खुल्न लागेको हो । हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो... पुरा पढ्नुहोस
चिमखोलाको भूमेपूजा : अनौठा र मौलिक संस्कृतिको आकर्षण
- 1 बर्ष, 24 दिन अगाडि
- २० चैत्र २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका -७ चिमखोलाको भूमेपूजा मौलिक कला र संस्कृतिको संरक्षण संगै आन्तरिक पर्यटन प्रवद्र्धनको माध्ययम बनेको छ । परम्परागत रुपमा हु्ँदै आएको भूमेपूजामा चिमखोलामा गरिने साँस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको हो । मगर समुदायको बाहुल्य बसोबास रहेको क्षेत्रमा पकृति पूर्जाको रुपमा भूमेपूजा गरिने भएपनि चिमखोलामा भने भूमेपूजाको... पुरा पढ्नुहोस
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षणपत्र
- 1 बर्ष, 25 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको... पुरा पढ्नुहोस
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
- 1 बर्ष, 25 दिन अगाडि
- १९ चैत्र २०८१, बुधबार
२० चैत, म्याग्दी । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु
- 1 बर्ष, 26 दिन अगाडि
- १८ चैत्र २०८१, मंगलवार
म्याग्दी, चैत १९ गते । म्याग्दीको बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा... पुरा पढ्नुहोस
बेनीमा गणतन्त्रका पक्षमा एमालेको जागरण सभा
- 1 बर्ष, 27 दिन अगाडि
- १७ चैत्र २०८१, सोमबार
नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो । चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण सभाको आयोजना गरेको जिल्ला कमिटीका अध्यक्ष... पुरा पढ्नुहोस
मोना अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य समिति गठन
- 1 बर्ष, 27 दिन अगाडि
- १७ चैत्र २०८१, सोमबार
अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेको म्याग्देलीहरुको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले न्यू साउथ बेल्स राज्य समिति गठन गरेको छ । मोनाको चार महिनाअघि सम्पन्न अधिवेशनले राज्यस्तरमा समेत म्याग्देलीहरुलाई एकताबद्ध बनाउने अवधारणालाई पारित गरेसँगै अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्यमा आइतबार समिति घोषणा गरिएको हो । याम बुढाथोकीको संयोजकत्वमा... पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिका द्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख जरिवाना
- 1 बर्ष, 29 दिन अगाडि
- १५ चैत्र २०८१, शनिबार
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा करिब ८ लाख जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो । महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३... पुरा पढ्नुहोस