जेसीज सप्ताहको अवसरमा तातोपानीमा प्रभाबकारी उद्घोषणकला तालिम प्रदान
- १२ जेष्ठ २०८२, आईतवार
- 41 पटक पढिएको
म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत आइतवार प्रभाबकारी उद्घोषणका तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा स्थानीय युवा क्लब, आमा समूह र सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि एक दिने उद्घोषण सम्बन्धि तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिका– ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको जेसीजले म्याग्दीमा खेलकुद, कला संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन र क्षमता विकासको क्षेत्रमा रचनात्मक कार्य गरेको बताउनुभयो ।
तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष विनय श्रेष्ठले उद्घोषणकलाको बारमा प्रशिक्षण र सहजीकरण गर्नुभएको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको अध्यक्षता, पूर्व अध्यक्ष सुमन बानियाँको स्वागत र कार्यक्रम संयोजक सचिना सापकोटा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जेसीजको सप्ताहको अवसरमा अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल सम्पन्न भएको छ । जेसीज सप्ताहको अवसरमा प्रभाबकारी मेरो विद्यालय कार्यक्रम, अन्तरजेसीज हाजिरी जवाफ प्रतियोगिता, रक्तदान र अन्तरमावि लोकनृत्य प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।