ताजा अपडेट
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
पोखरा ५ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, रुपन्देही र पाल्पामा गरी ३० जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का ६० वर्षीय पुरुषको जेठ ३ गते पर्वत जिल्ला... पुरा पढ्नुहोस
म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना ,... पुरा पढ्नुहोस
गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना संक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
बेनी, ५ जेठ । म्याग्दीमा कोरोना संक्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाईटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत रहेका सुरत केसीको नेतृत्वमा ४ जना युवाहरुले स्वास्थ्य सावधानीका मापदण्ड... पुरा पढ्नुहोस
भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ । म्याग्दीकाे रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र... पुरा पढ्नुहोस
लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प
- 4 बर्ष, 2 महिना अगाडि
- ५ जेष्ठ २०७८, बुधबार
लमजुङ ५ जेठ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का... पुरा पढ्नुहोस
नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
- 4 बर्ष, 2 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
काठमाडौं ४ जेठ । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।... पुरा पढ्नुहोस
रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग,अक्सिजनको व्यवस्थापनमा जाेड (तस्बिर/भिडियाे)
- 4 बर्ष, 2 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
https://www.youtube.com/watch?v=QTDTQ7PJp1M म्याग्दी ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम... पुरा पढ्नुहोस
म्याग्दीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना निको भए
- 4 बर्ष, 2 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ४ जेठ । म्याग्दीमा मंगलवार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा मंगला गाउँपालिकाका १६ जना ( पिसिआर विधिबाट) पहिचान गरिएको हो । त्यसैगरि अन्नपूर्णमा ३ जना , बेनी नगरपालिकामा २ जना, मंगलामा १ जना, मालिकामा १ जना रघुगंगामा १ जना, धवलागिरीमा १ जना... पुरा पढ्नुहोस
लुलाङमा ‘हेल्लो जय नेपाल’ अभियानबाट स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 2 महिना अगाडि
- ४ जेष्ठ २०७८, मंगलवार
म्याग्दी ४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाली काँग्रेसको गाउँपालिका कमिटिले सञ्चालन गरेको ‘हेल्लो जय नेपाल’ अभियान मार्फत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ४ सय थान मास्क, एक सेट पिपिई, ग्लोब्स, सेनिटाईटर लगायतका स्वास्थ्य सामाग्री सहित टिटामोल र डिकोल लगायतका... पुरा पढ्नुहोस