बागलुङमा अाएर सुरेन्द्र पाण्डेले भने : माधव नेपाल एमालेमै ओत लाग्न आउनेछन्
- ३१ भाद्र २०७८, बिहीबार
- 1103 पटक पढिएको
बागलुङ ३१ भदाै । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकतालाई जोगाई राखेमा माधवकुमार नेपाल पुनः एमालेमै ओत लाग्न आउने बताएका छन् । बिहीबार बाग्लुङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीलाई एउटै ढिक्कामा राख्न सकेमा नेपाल एमालेमै फर्किने दाबी गरेका हुन् ।
‘पार्टीभित्र बहस र विवाद हुन्छ । तर, यसको समाधान विभाजन हुनै सक्दैन । माधव नेपाल र केही साथीहरूले यही बाटो रोज्नुभएको छ । अहिले हामी मिलेर एमाले आन्दोलन जोगाऔँ, माधव नेपालहरू ढिलोचाँडो एमालेमै ओत लाग्न आउनुहुनेछ,’ पाण्डेले भने । कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता र तागत एमालेसँग मात्र रहेको उनले बताए ।