काँग्रेस बेनी नगरको सभापतिमा रविन्द्र कार्की, उपसभापतिमा खत्री र कार्कीको उम्मेदवारी घोषणा

  • १ आश्विन २०७८, शुक्रबार
  • 884 पटक पढिएको

म्याग्दी १ असोज । बेनी नगरपालिकामा पार्टीको नेतृत्व लिन नेपाली काँग्रेसमा आकाँक्षीहरु खुल्न थालेका छन् । काँग्रेसको नगरसभापतिमा आधा दर्जनको आकाँक्षी रहेको बताइएपनि रविन्द्र कार्कीले घोषित रुपमा नगरसभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ ।


भदौ १८ मा वडा अधिवेशन गरेको काँग्रेसले गाउँ तथा नगरपालिकाको अधिवेशन असोज ९ गते गर्ने कार्यतालिका बनाएको छ । बेनी नगरपालिका ९ घतान निवासी निर्माण व्यवसायी समेत रहनुभएका कार्की काँग्रेसमा लामो समय देखि क्रियाशिल हुनुहून्छ । ८ वर्ष अघि नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर राजनीतिमा लाग्नुभएका कार्की हाल तरुण दलको केन्द्रिय पार्षद समेत हुनुहुन्छ ।


कार्कीले शुक्रबार फेसबुक मार्फत आफू नगर सभापति पदको उम्मेदवार भएको घोषणा गर्नुभएको छ । नगरमा सभापति पदमा उम्मेदवार घोषणा गर्ने कार्की पहिलो हुनुहुन्छ । सभापतिमा धेरैले आकांक्षी देखाएपनि हालसम्म अन्यले उम्मेदवारी घोषणा भने गरेका छैनन् । यसैबिच उपसभापतिमा गंगबहादुर खत्री र मनोजकुमार कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । खत्री बेनपा–५ र कार्की बेनपा–६बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

काँग्रेसलाई थप बलियो,शसक्त र संगठित बनाउन पार्टीको नगरको नेतृत्वमा आउन चाहेको सभापतिका आकाँक्षि कार्कीको भनाई छ । उहाँले आकाँक्षीहरु अन्य व्यक्तिहरु समेत देखिएकाले आफुले सहमतीमै नेतृत्व चयनको लागि छलफल र सहमतीको लागि समेत आबश्यक पहल लिएको बताउनुभयो ।