ताजा अपडेट

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बिहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।  उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्। ९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रस्ट बहुमत... पुरा पढ्नुहोस

रायखोरको पहिरोले थुनिएको रघुगंगा नदी ओभरफलो भएर बग्न थाल्यो, तलाउको सतह घटेन

म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा पहिरो खसेर थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ... पुरा पढ्नुहोस

म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा

म्याग्दी ९ भदौ । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलकाे  मनोनयनमा छनाैट गरेको हो । विश्वका विभिन्न मुलुकबाट  आवेदन दिएर मनोनयनको छनौटमा परेकाहरुलाई अनलाईन भोटको आधारमा आइडल छनौट गरिनेछ । दृष्टिविहिनहरुको... पुरा पढ्नुहोस

धौलागिरी अस्पतालमा चिकित्सकको अभावमा आइसियु सेवा प्रभावित

बागलुङ ९ भदाै । बागलुङस्थित धौलागिरी अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सघन उपचार (आइसियु) सेवा प्रभावित भएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा गरेको र त्यस पदमा अर्को चिकित्सक नपठाउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल जनाएको छ। कोरोना भाइरस सङ्क्रमणको... पुरा पढ्नुहोस

माधव नेपाल पक्षका २९ सांसद र ५५ जना केन्द्रीयले गरे आयोगमा सनाखत

काठमाण्डाै ९ भदाै । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत... पुरा पढ्नुहोस

पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण, एकैदिन उद्घाटन

म्याग्दी ९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरि झोलुङ्गे पुल निर्माण गरिएको हो । पात्लेखर्कदेखि रिखार जाने... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोविन्द पौडेल

म्याग्दी, ९ साउन । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोविन्द पौडेल चयन भएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिको बैठकले पौडेललाई म्याग्दीको इन्चार्जमा चयन गरेको हो । पौडेललाई जिल्ला अध्यक्षबाट बढुवा गरेर इन्चार्जको जिम्मेवारी दिएको छ । संविधान सभाका सदस्य रहेका पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र... पुरा पढ्नुहोस

म्याग्दीमा साढे ८ करोड रुपैयाँ बेरुजु

बेनी, ९ भदौ । म्याग्दीका ६ वटा पालिकामा कानुनविपरीत काम र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न गर्न नसक्दा बर्षेनी बेरुजु देखिएको छु । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु, आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा प्रशासनीक, नीतिगत र विकास... पुरा पढ्नुहोस

राहुघाट र बगरखोलामा ‘बेलीब्रिज’

म्याग्दी, ८ भदौ । जिल्लाको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३०... पुरा पढ्नुहोस

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

नेपाली काँग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी... पुरा पढ्नुहोस