सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग

  • ९ फाल्गुन २०७८, सोमबार
  • 1160 पटक पढिएको

म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो ।


कार्यालय प्रमुख रमेश थापामगर र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सोमबार क्लबका अध्यक्ष खिम पुन सहितका क्लबका पदाधिकारीहरुलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यालयले ४० थान भलिबल, १५ थान भलिबल जाली, ३० थान फुटवल, २ थान फुटवल जाली उपलब्ध गराएको छ ।
त्यसैगरि लाईन फिता ४ थान, खेलकुदको लागि प्रयोग हुने बिफ २० थान, नम्बर बोर्ड ४ थान, चेञ्जिंग बोर्ड २ थान, कर्नर झण्डा ४ थान साउण्ड सिस्टम २ थान, पम्प २ थान र प्लाष्टिक कुर्चि ६० थान उपलब्ध गराएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।
युवाहरुलाई खेलकुदतर्फ लाग्न प्रेरित गर्दै खेलाडीहरुको क्षमता विकास र खेलकुद गतिविधिमा सघाउने उदेश्यले सामाजिक विकास मन्त्रालय मार्फत प्राप्त कार्यक्रम अन्र्तगत सामाग्री खरिद गरि सहयोग गरिएको र उक्त क्लबको भवन मर्मतका लागि थप रु १ लाख बजेट उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाभित्र रहेका विभिन्न क्लबहरुको पूर्वाधार र खेलकुद विकासका लागि मन्त्रालयमा योजना माग गरेपनि दुई वटा क्लबलाई पूर्वाधार र खेलकुद सामाग्रीको लागि योजना स्विकृत भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार, पश्चिम म्याग्दी दरबाङ युथ क्लबलाई रु ५ लाख र मालिका गाउँपालिका– ६ दुखुबेशीमा रहेको मितेरी युवा क्लबको खेलमैदान निर्माणमा रु ७ लाख बजेट प्राप्त भएको छ ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष पुनले सामाजिक विकास कार्यालय मार्फत प्राप्त खेलकुद र फर्निचरका सामाग्री सहयोगले खेलकुद गतिविधि सञ्चालन गर्न र क्लबको संस्थागत विकास गर्न सघाउ पु¥याएको बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास कार्यालयका अधिकृत दुर्गा प्रसाद शर्मा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोर ढुंगाना, लेखापाल लेखनाथ अधिकारी लगायतको समेत उपस्थिति रहेको थियो ।