ताजा अपडेट
काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना
- 3 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७८, मंगलवार
नेपाली काँग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी... पुरा पढ्नुहोस
अष्टलक्ष्मी मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो: माधव नेपाल
- 3 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७८, मंगलवार
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन्। चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नै सल्लाहमा बागमतीकी मुख्यमन्त्री बनेको बताएका हुन्। ‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको... पुरा पढ्नुहोस
सत्तामोहले अर्थतन्त्रको अवस्था नाजुक
- 3 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७८, सोमबार
अच्युतप्रसाद पाैडेल । तीन दशक नाघेको छ, सत्ताको भागबन्डामा परेको देश ! दलहरूको लुछाचुँडी, कुर्सीमोह, पदको छिनाझप्टीले अर्थतन्त्र दिनपरदिन ओरालो लागेको छ । उद्योगधन्दा सुकेको छ, कालो व्यापार गर्नेलाई जुन बेला पनि उर्वर छ, मलिलो छ समय ! कोरोनाकालमा जनतालाई दशा भए पनि दाम कमाउनेहरूका लागि दशैं नै भयो... पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य, पक्षमा ४२
- 3 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७८, सोमबार
बुटवल ७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठकमा उनले विश्वासको मत पाएका हुन्। प्रदेश सभामा जम्मा उपस्थित संख्या ४३ (सभामुखबाहेक) रहेकोमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन्। विपक्षमा शून्य मत परेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक... पुरा पढ्नुहोस
दुधेखोलामा बाढी : एक घर बगायो, खानेपानी, विद्यूत र सडक अवरुद्ध
- 3 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७८, सोमबार
म्याग्दी, ७ भदौ । म्याग्दीको बेनी नगरपालिका– ३ स्थित दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ । बाढीले बस्तीनै जोखिममा पारेको छ । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती १२ बजे आएको बाढीले बाढीले घरमा रहेका लत्ता कपडा,खाद्यान्न र... पुरा पढ्नुहोस
गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार
- 3 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७८, शनिबार
म्याग्दी ५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ ।... पुरा पढ्नुहोस
बेरुजु सवा ४ खर्ब, तीनवटै तहमा व्यापक अनियमितता
- 3 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७८, शनिबार
म्याग्दी, ५ भदौ । सरकारको बेरुजु रकम सवा ४ खर्ब पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६÷७७ सम्म बेरुजुतर्फ ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार नै यो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तर गरेको हो।... पुरा पढ्नुहोस
कलाकार शम्भुराज थापाको निधन
- 3 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७८, शनिबार
काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो । एक महिनाअघि कोरोना संक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म... पुरा पढ्नुहोस
माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो
- 3 बर्ष, 5 महिना अगाडि
- ४ भाद्र २०७८, शुक्रबार
माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम... पुरा पढ्नुहोस
चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो
- 3 बर्ष, 5 महिना अगाडि
- ४ भाद्र २०७८, शुक्रबार
म्याग्दी ४ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रबद्र्धक तुँदी पावर कम्पनीले चिमखोलादेखि राहुघाट सवस्टेशनसम्म १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन... पुरा पढ्नुहोस