हागाँ काट्ने क्रममा विरेन्द्रचोकस्थित पिपलको रुखबाट खसेर मृत्यु

  • १० फाल्गुन २०७८, मंगलवार
  • 1292 पटक पढिएको

म्याग्दी,१० फागुन । बेनी नगरपालिका– ७ विरेन्द्रचोकमा रहेको पिपलको रुखको हांगा काट्ने क्रममा एक जना युवाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी रहेको पिपल बोटको हांगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका– २ रुमका ४३ बर्षि थामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।


हाँगा काट्ने क्रममा रुखबाट खसेर गम्भिर घाईते भएका पुनलाई बेनी अस्प्ताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाको थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो रुख काट्ने क्रममा सुरक्षा मापदण्ड नअपनाएको गुनासो सर्वसाधारणको रहेको छ ।

चौतारीमा बस्नेहरुका लागि जोखिम न्युनिकरण गर्न पुराना र जोखिमपुर्ण हांगा काट्न लगाईएको वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।